कार्तिक २८, २०७९ सोमबार
केही दिनदेखि लगातार बढेको सुन–चाँदीको सोमाबार सामान्य घटेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।
आइतबार सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2026 Herirakhau
Copyright © 2026 Herirakhau
Leave A Comment